विमान दुर्घटनामा परी मृत्यु हनेहरुको सम्झनामा दीप प्रज्ज्वलन

११ चैत्र ०७४, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगला विमान दुर्घटनामा परी मृत्यु हनेहरुको सम्झनामा  दीप प्रज्ज्वलन गरिएको छ ।

आइतबार साँझ  गत फागुन २८ गते भएको दुर्घटनाका मृतकको चिर शान्तिको कामना गर्दै चारुमति बुद्धिष्ट मिसनको आयोजनामा माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरिएको हो ।

दीप प्रज्वलन कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी, सरकारी अधिकारीहरु, मृतकका आफन्त, परिवार लगायत पनि सहभागी थिए ।

दीप प्रज्वलन गर्दै उनीहरुले दुर्घटनाका सबै मृतकको चिर शान्तिको कामना गरेका थिए ।

तपाइको मत