जथाभावी फोहर फाल्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

१० चैत्र ०७४, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बाटोमा जथाभावी फोहर फाल्नेलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

शनिबार चक्रपथ सरसफाईको ५० औं हप्ता पुगेको अवसरमा आयोजित कार्यक्रममा  प्रहरीलाई जथाभावी फोहर फाल्नेलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।

मन्त्री बादलले फोहोर गर्नु पनि भ्रष्टाचार सरह भएको बताउँदै आम जनताले पनि फोहोर फाल्नेहरुलाई सामाजिक दण्ड दिन जरुरी रहेको  बताए । उनले भने,- ‘जसले बाटोमा फोहोर फाल्छ, प्रहरी जवानहरुले उनीहरुलाई गिरफ्तार गर्नुपर्छ, सजाय दिनुपर्छ ।’

त्यस्तै,कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वातावरण सरसफाईका लागि सबैपक्ष जिम्मेवार हुनुपर्ने बताए ।

वैशाख २ गतेबाट सुरु भएको चक्रपथ सरसफाई अभियान अन्तरगत हालसम्म ७५० मेटि्रक टन फोहर हटाइसकेको अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए ।

तपाइको मत