बनेपामा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

३ चैत ०७४, काभ्रे । बनेपा पनौती सडक खण्डमा बसले विपरित दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बनेपाबाट पनौती तर्फ जाँदै गरेको बा २ ख ५६७५ नम्बरको बसले विपरित दिशाबाट आएको बा ७२ प ४७८६ नम्बरको मोटरसाइकललाई बनेपामा ठक्कर दिएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रामेछाप चिसापानीका बालकृष्ण श्रेष्ठको उपचारको क्रममा शिर मेमोरियल हस्पिटलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । घटनापछि पनौती बनेपा सडकखण्ड अवरुद्ध भएको छ ।

तपाइको मत