अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा शुभकामना सन्देश

११ फागुन ०७४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुभकामना सन्देश पठाएका छन् ।

शुक्रबार अमेरिकास्थित नेपाली राजदूतावास मार्फत राष्ट्रपति ट्रम्पले सन्देश पठाएका हुन् । सन्देशमा नेपालको दिगो विकास र स्थायी सरकारका लागि शुभकामना दिएका छन् ।

शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीको कार्याकालमा दुई देशबीचको दुईपक्षीय सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास लिइएको छ ।सन्देशमा तीनवटै तहका निर्वाचन सम्पन्न भएकामा त्यसको सराहना गर्दै जनादेशबाट समावेशी लोकतान्त्रिक शासनपद्धतिप्रतिको निष्ठा मुखरित भएको बताएका छन् ।

सन्देशमा भनिएको छ, ‘प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको बधाई दिन चाहन्छु । संविधान कार्यान्वयन पछिको बनेको पहिलो सरकारसँग अमेरिकी सरकार साझेदारी गरेर अघि बढ्न चाहन्छ । हामी नेपालको दिगो आर्थिक विकास, भ्रष्टचार नियन्त्रण, शान्ति सुशासनको कामना गर्दै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ । अमेरिकी जनताको तर्फबाट तपाईंको उत्पादक तथा फलदायी कार्यको लागि शुभकामना व्यक्त गर्न चाहन्छु ।’

 

तपाइको मत