गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए

९ फागुन ०७४, काठमाडौं । गुण्डा नाइके मनोज पुन र उनका सहयोगी प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

रुपन्देहीको देवदहमा पुनसँगै उनका सहयोगी सोम आले  प्रहरी इन्काउन्टरमा मारिएका हुन् ।

सीआईबी र नेपाल प्रहरीको संयुक्त टोलीले चलाएको सर्च अभियानका क्रममा पुन र अाले देवदह नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग जम्काभेट हुँदा आक्रमण गर्दै भाग्न खोजेपछि जवाफी कारवाहीमा घाईते भएका थिए ।

एसएसपी दीपक थापाका अनुसार घाइते दुबै जनाकाे उपचारका क्रममा लुम्विनी अञ्चल अस्पताल बुटवलमा बुधबार बिहान मृत्यु भएको हो ।

तपाइको मत