म्याग्दे वाईसीएल अध्यक्षमा चुनिए राजन

५ फागुन ०७४, तनहुँ । वाईसीएल नेपाल तनहुँ म्याग्दे गाउँपालिकाकाे दाेस्राे सम्मेलन सम्पन्न भएकाे छ ।

शनिबार तनहुँकाे अकलामा भएको सम्मेलनले राजन विसीकाे नेतृत्वमा ४९ सदस्यीय कमिटी गठन गरेकाे छ भने उपाध्यक्षमा बसन्त श्रेष्ठ, अशाेक खाती र मनिराज थापालाई चयन गरेकाे छ ।

यसैगरी सचिवमा हर्कबहादुर राना साथै सहसचिवमा राजेश नेपाली, विशाल विक र मिलन थापालाई चयन गरेकाे छ ।

सम्मेलनकाे उदघाटन सत्रमा नेकपा माअाेवादी केन्द्रका केन्द्रीय सदस्य शम्भु बहादुर अधिकारी, इन्द्रबहादुर अधिकारी, डिलबहादुर नेपाली, एसबी थापा मगर, वाईसीएल तनहुँका ईन्चार्ज सरन सापकोटा, अध्यक्ष ईश्वर वस्याल, सचिव अनिल तिवारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

राजन विसीकाे अध्यक्षता सम्पन्न कार्यक्रमकाे सञ्चालन म्याग्दे गाउँपालिका सचिव प्रकाश भण्डारीले गरेका थिए ।

तपाइको मत