कांग्रेसको केन्द्रीय समितिको बैठक: प्रदेशको संसदीय दलको विधान पारित

२६ माघ ०७४, काठमाडौं । नेपाली कांग्रेसले प्रदेशको संसदीय दलको विधान पारित गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार बसेको केन्द्रीय समितिको बैठकले संसदीय दलको विधान पारित गरेको हो । पार्टी केन्द्रीय सदस्य मिनेन्द्र  रिजालको संयोजकत्वका गठित विधान मस्यौता समितिले तयार पारेको प्रदेशको संसदीय दलको विधान केन्द्रीय समितिले पारित गरेको हो ।

कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले प्रदेशमा कांग्रेसको भुमिकाबारे विधान बनाइएको बताए । उनले सबै प्रदेशमा निल रहेको अवस्थामा कांग्रेसलाई कसरी अगाडि बढाउने र  प्रदेशमा कांग्रेसको भुमिका कस्तो हुने भन्ने विषयलाई समेटर विधान बनाइएको बताए ।

खतिवडाले नयाँ बन्ने सातै प्रदेशमा कांग्रेसको सरकार नहुने अवस्थामा प्रतिपक्षमा बसेर कस्तो भुमिका निवाह गर्ने त्यो अत्यन्त महत्वपूर्ण रहेको बताए । ‘प्रदेश ६ मा राष्ट्रिय सभामा कांग्रेस निल भएको छ’, उनले भने, ‘प्रत्यक्षमा पनि एक सिट मात्र जितेको छ , त्यस्तो अवस्थामा कांग्रेस कसरी अगाडि बढ्ने, त्यो अति महत्वपूर्ण छ ।’

कांग्रेसले प्रदेश सभामुखमा सभामुख सबैको साझा हुने भएकाले उम्मेदवारी नदिने निर्णय गरेको छ । उपसभामुखमा कांग्रेसलाई इच्छा प्रकट गरेको छ । नेता खतिवडाले संसदमा सबैलाई समेटेर लानुपर्ने बताए । उनले भने,‘कांग्रेसको बहुमत हुदाँ पनि संसदमा सबै प्रतिनिधित्व होस भनेर अरु उपसभामुख दिएका हौं ।’

बैठकमा प्रतिनिधि सभाका समानुपातिक कसैलाई पनि दोह्याउन नहुने विषयमा छलफल भएको थियो ।

तपाइको मत