१५ माघ ०७४, काठमाडौं । माघ २४ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातवटा प्रदेशबाट निर्वाचित हुने ५६ सदस्यमध्ये २४ सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
सोमबार उम्मेदवारी फिर्ता लिने अन्तिम दिनसम्म २४ जना निर्विरोध निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ । आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ ।
जस अनुसार प्रदेश १ मा ६ जना, प्रदेश २ मा सबै ८ जना, प्रदेश ४ मा १ जना, प्रदेश ५ मा ३ जना, प्रदेश ७ मा ६ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै प्रदेश ३ र प्रदेश ६ का भने सबै ८ पदमा निर्वाचन हुने आयोगले जनाएको छ ।
५६ सदस्यका लागि हुने निर्वाचनमा अब ३२ पदमा ५२ जनाबीच प्रतिस्पर्धा हुने आयोगले जनाएको छ । आयोगले सोमबार सबै उम्मेदवारलाई निर्वाचन चिहृन प्रदान गरेको छ । निर्वाचन चिहृन पाएसँगै उम्मेदवारले चुनाव प्रचार प्रसार सुरु गरेका छन् ।
राष्ट्रियसभा निर्वाचनमा एउटा प्रदेशबाट महिला ३, अन्य ३, अपांग वा अल्पसंख्यक १ र दलित १ गरी ८ जना निर्वाचित हुने व्यवस्था छ । ५९ सदस्यीय राष्ट्रियसभामा ३ जना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था छ ।
निर्विरोध निर्वाचित भएका उम्मेदबारहरुको नामावली