एमाले र माओवादी पार्टी एकता संयोजन समितिको बैठक सुरु

२५ पुस ०७४, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक सुरु भएको हो ।

बैठकमा पार्टी एकताका लागि संयुक्त कार्यदल निर्माण, एकीकृत पार्टीको वैचारिक नीतिको स्वरुप निर्माण र सांगठनिक संरचनाबारे छलफल हुँदैछ ।

बैठकले राजनीतिक–बैचारिक र पद बाँडफाँटको विषय मिलाउन छुट्टाछुट्टै कार्यदल गठन गर्ने बताइएको छ ।

एकता संयोजन समितिमा एमालेबाट अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल छन् भने माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सदस्य छन् ।

तपाइको मत