२२ पुस ०७४, धनुषा । नेपाली सेनाको टोलीले धनुषामा चिसोबाट प्रभावितहरुलाई चिया बाँडेको छ ।
शनिबार बिहान नेपाली सेनाको टोलीले जनकपुर उप महानगरपलिका-१ स्थित दलित बस्ती र जनक चोकमा शरीर न्यानो बनाउने उद्देश्यले चिया बाँडेको हो ।
चिसोले प्रभावित गरिब र दलित बस्तीमा बिहानै तातो चियाले न्यानो प्राप्त हुने उद्देश्यले नेपाली सेनाले निःशुल्क चिया उपलब्ध गराएको गोरखनाथ गणका प्रमुख सेनानी खेमराज शर्माले बताए । सेनानी शर्माले प्रभावित क्षेत्रको पहिचान गरी चिया र आगो ताप्ने व्यवस्था गर्ने तयारी भइरहेको बताए ।