नाटक ‘बार्दलीको छेउबाट’ पोखरामा प्रदर्शन

कास्की । नेसनल आर्ट स्कुलले मञ्चन गरेको नाटक ‘बार्दलीको छेउबाट’ शुक्रबार पोखरा उद्योग वाणिज्य संघको सभाहलमा प्रदर्शन भएको छ ।

यस नाटकमा क्रान्ति र शान्ति, युद्ध र माया, पैसा र अभाव बिच द्वन्द्व देखाएर असर र समृद्ध समाज निर्माणको अपिल गरिएको छ ।

नाटकलाई कलाकारहरुले जीवन्त अभिनय गरेर समाजको यथार्थ चित्रण गरेका छन् ।

आयोजक नेसनल आर्ट स्कुलका संस्थापक तथा नाटक निर्देशक कृष्ण उदासीले नाटक मार्फतनेपालमा करीब ३३ प्रतिशत मानिस कुनै न कुनै प्रकारको डिप्रेसनको सिकार भएको र त्यो सबै सामाजिक परिवेशका कारण भएको उल्लेख गर्दै समाजलाई सकारात्मक रुपमा परिवर्तन नगरे त्यो प्रतिशत बढेर ९९ सम्म पुग्न सक्ने डरलाग्दो यथार्थ औंल्याएका छन् ।

निर्देशक उदासीले पहिलो पटक शुक्रबार मञ्चन भएको नाटक शनिबार अपराहृन ३ बजे दोश्रो पटक मञ्चन हुने जानकारी दिए ।

नाटकको लेखन तथा निर्देशन कृष्ण उदासीको हो भने कलाकार ममता मञ्जुल सह-निर्देशकको रुपमा यसै नाटकबाट उदाएकी छिन् ।

नाटकमा लक्ष्मी हमालको परिकल्पना, शान्ति थापा पुनको कोरियोग्राफी, सगुन तामाङको द्वन्द्व, रोम तामाङको संगीत संयोजन रहेको छ ।

तपाइको मत