पत्रकार महासंघका अध्यक्ष अष्ट्रेलिया भ्रमणमा जाँदै

१६ कार्तिक ०७४, काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार साँझ अष्ट्रेलिया भ्रमण जाँदैछन् ।

गोविन्द आचार्य – अध्यक्ष, नेपाल पत्रकार महासंघ ।

पत्रकार महासंघका अध्यक्ष आचार्यको नेतृत्वमा प्रेस काउन्सिल सदस्य सुदर्शन आचार्य, संगीता खड्का, शुभेच्छा विन्दु र काउन्सिलका वरिष्ठ प्रविधि सूचना अधिकृत रामशरण बोहरा अष्ट्रेलियन प्रेस काउन्सिल, अष्टेलियन मिडिया संस्थाहरुले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन् त्यसतर्फ जान लागेका हुन् ।

प्रतिनिधिमण्डलको नेतृत्व गरेका अध्यक्ष आचार्यले यही नोभेम्वर ८ तारिखसम्म अष्ट्रेलियामा रहँदा अष्ट्रेलियन प्रेस काउन्सिल, अष्टेलियन मिडिया संस्थाहरुले आयोजना गर्ने बैठक र कार्यक्रमहरुमा सहभागी हुने बताए ।

उनले अन्तर्राष्ट्रिय पत्रकार महासंघको एशिया प्यासिफिक हेडक्वार्टर, अष्ट्रेलियास्थित नेपाली राजदूतावास, एनआरएनए अष्ट्रेलिया, अष्ट्रेलियास्थित नेपाली पत्रकारहरुसँग छुट्टा–छुट्टै बैठक लगायतका कार्यक्रमहरुमा सहभागी हुन आज राति ११ः३० बजे मलेसिया एअरलाइन्सको विमानबाट अष्ट्रेलियाका जान लागेको जानकारी दिए ।

तपाइको मत