सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त

२४ असोज ०७४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले तीन जना न्यायाधीशहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

मंगलबार प्रधानन्यायाधीश पराजुलीले बमबहादुर भण्डारी, डम्बरबहादुर शाही र टंकबहादुर मोक्तानलाई राष्ट्रपतिको उपस्थितिमा पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

भण्डारी, शाही र मोक्तानले सपथ लिएसँगै सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त भएका छन् ।

न्यायाधीश नियुक्त हुनु अघि भण्डारी उच्च अदालत तुलसीपुरमा, शाही उच्च अदालत सुर्खेतमा र मोक्तान उच्च अदालत पाटनमा मुख्य न्यायायाधीश थिए ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाको समेत उपस्थिति रहेको थियो ।

तपाइको मत