पर्यटकीय क्षेत्र सौराहा डुवानमा, पर्यटकहरु सुरक्षित

२९ साउन ०७४, चितवन । शनिबार साँझदेखि भएको वर्षातसँगै आएको बाढीका कारण चितवनको पर्यटकीय क्षेत्र सौराहा डुवानमा परेको छ ।

राप्ती नदी र ढुंग्रे खोलामा आएको बाढीबाट सौराहका पर्यटकीय स्थल, होटल र त्यस क्षेत्रमा रहेका गाउँहरु डुवानमा परेको हो ।

सौराह क्षेत्रमा करिब सात सय पर्यटक रहेको र उनीहरु सुरक्षित रहेको स्थानीयले बताएका छन् ।

बाढीले सौराहाका होटलमा पार्किङ गरिएका ३ वटा गाडी समेत बगाएको छ ।

बाढीबाट सौराह क्षेत्रका बथौली, मालपुर, जनकौली, लोखन्ती, बद्रहनी, सिशुवार, दोरङ्गी लगायतका गाउँहरु डुवानमा परेका छन् ।

पश्चिम चितवनका सिमलढाप र घैलाभारी गाउँ समेत डुवानमा परेका छन् ।

तपाइको मत