२२ साउन ०७४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट फुटेर पशुपतिशम्शेर राणासहितका नेताहरुले नयाँ पार्टी गठन गरेका छन् ।
कमल थापा नेतृत्वको राप्रपाबाट फुटेर राणाको नेतृत्वमा नयाँ दल ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ दर्ताका लागि आइतबार निर्वाचन आयोगमा आवेदन समेत दिइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले निर्वाचन आयोगमा बुझाइएको हस्ताक्षरमा तीन निर्वाचित सांसद सुनिल थापा, दिपक बोहोरा र विक्रम पाण्डेसहित १९ सांसद छन् ।
गत मंसिर ६ गते २४ सांसद रहेको राप्रपा नेपाल र १३ सांसद रहेको राप्रपाबीच पार्टी एकता घोषणा भएको थियो ।
राप्रपामा देउवा नेतृत्वको सरकारमा जाने कि नजाने भन्ने विवाद सुरु भएसँगै राणा समूहले नयाँ दल गठन गरेको हो ।