श्रमजीवि पत्रकारलाई न्याय दिन लागि पर्नेछु – संचारमन्त्री

१८ साउन ०७४, काठमाडौं । सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले श्रमजीवि पत्रकारहरुलाई न्याय दिन आफू लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संचारमन्त्री बस्नेतले  मंगलबार नेपाल पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा श्रमजीवि पत्रकारहरुलाई न्याय दिन आफू लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

संचारमन्त्री बस्नेतले पत्रकारहरुको भौतिक सुरक्षाको विषय गम्भीर रहेको बताउँदै न्यूनतम पारिश्रमिक नदिनुको कारण पत्ता लगाई समाधान गर्न आफू नेपाल पत्रकार महासंघसँग सहकार्य गरेर अघि बढ्ने उल्लेख गरे ।

नेपाल पत्रकार महासंघले पत्रकारहरुको उचित पारिश्रमिक दिने व्यवस्थासहित बनाएको कानून कार्यान्वयनमा ल्याउन सरकारलाई दबाब दिँदै आएको छ ।

तपाइको मत