सुवेदीको राजीनामा स्वीकृत, पदलाई अतिरिक्त समूहमा राख्ने निर्णय पनि खारेज

५ साउन ०७४, काठमाडौं । सरकारले पूर्वमुख्यसचिव सोमलाल सुवेदीको राजीनामा स्वीकृत गरेको छ ।

मन्त्रिपरिषदको बिहीबारको बैठकले सुवेदीको राजीनामा स्वीकृत गरेको हो ।

सुवेदी एसियाली विकास बैंक (एडीबी)को वैकल्पिक कार्यकारी निर्देशकको जागिर खान फिलिपिन्सको मनिला गएका छन् ।

तर, थप तीन वर्ष सेवा गरे बराबरको पेन्सन बढाउन उनले राजीनामा नदिई आफ्नो पदलाई अतिरिक्त समूहमा राखेका थिए ।

यसमा सरकार र प्रधानमन्त्री शेरबहादुर देउवा स्वयं सहयोगी भएको भन्दै सांसदहरुले समेत चर्को आलोचना गरेपछि सरकारले सुवेदीको राजीनामा स्वीकार गर्नुका साथै उनको पदलाई अतिरिक्त समूहमा राख्ने निर्णय खारेज गरेको हो ।

तपाइको मत