८ माघ, राजविराज । विद्युत् हुकिङ गरी चोरी गर्ने ६९८ व्यक्तिमाथि नेपाल विद्युुत् प्राधिकरण, शाखा कार्यालय राजविराजले कारवाही गरेको छ ।
शाखा कार्यालय राजविराजले विद्युुतकाे पोलबाट हुकिङ गरेर सिँचाइ र घरमा विद्युुत् चोरी गर्नेमाथि कारबाही गरेको हाे ।
राजविराज प्राधिकरण केन्द्रका प्रमुुख रामउद्गार साहकाअनुसार हुकिङ गर्ने मध्ये ३८३ जनालाई रु ५,००० जरिवाना र २३४ वटा सामान जफत गरिएको छ ।
उनले आव २०७३/०७४ को साउनदेखि हालसम्म विद्युत् चोरी गर्ने ६९८ व्यक्ति तथा उपकरणमाथि विद्युत ऐनवमोजिम कारबाही गरिएको बताए ।