२४ पुस, काठमाडौं । बागमती किनारमा फोहर फाल्ने पाँच जनालाई कारबाही गरिएको छ ।
काठमाडौँ महानगरपालिका नगर प्रहरीका प्रहरी नायब निरीक्षक बद्रीमान नगरकोटीकाअनुसार उपत्यकाका नदी सफाइ गर्ने क्रममा तिलगङ्गास्थित मिठाई पसल गौशाला, प्रेम श्रेष्ठ फर्निचर पसल, अरुण शर्मा सिसा पसल र चिकेन हाउस तिलगङ्गाका कामदार फोहर फाल्दै गर्दा पक्राउ परेका हुन् ।
उनीहरूलाई जनही पाँच हजारका दरले जरिवाना गरिएको छ ।
फोहरमैला ऐन अनुसार सार्वजनिक स्थानमा फोहर फाल्नेलाई स्थानीय निकायले पाँच हजारदेखि एक लाख ५० हजारसम्म जरिवाना र छ महिना जेलमा राख्न पाउने व्यवस्था छ ।