२ बैशाख ०७७, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चुनौतीका पहाडलाई हाम्रो सामूहिक प्रतिबद्धता र पहलले पार गर्ने विश्वास व्यक्त गरेका छन् ।
मनत्री भट्टले नयाँ वर्ष २०७७ तथा विशु पर्वको अवसरमा सोमबार शुभकामना दिँदै यस्तो बताएका हुन् ।
उनले कोरोना संक्रमणसँगै सुरुभएको लकडाउनको कारण नागरिकको दैनिकी कष्टकर रहेता पनि आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारले पहल गरिरहेको बताएका छन् ।
उनले लकडाउनपछि जीविकोपार्जन तथा आपूर्तिको समस्याको चिन्ता थपिनु स्वभाविक भए पनि सबैको सहयोगबाट आपूर्ति व्यवस्थामा सहजता र कालोबजारी नियन्त्रण गर्न सकिएको बताएका छन् ।
यस्तै उत्पादनको क्षेत्रमा महामारीको प्रभावलाई पूर्ण अन्त्य गर्ने गरी सरकार अघि बढेको बताउँदै आपूर्ति मन्त्री भट्टले सामूहिक प्रयास र प्रतिबद्धताले चुनौतीका पहाडलाई पार गर्ने विश्वास व्यक्त गरेका छन् ।