सर्वोच्च अदालतले पुनर्वहाली गरेन एमाले बनेका चार सांसदका पद

१८ साउन ०७८, काठमाडौं । सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र) छाडेर एमाले नेता बनेका सांसदहरुको पद पुनर्बहाली गर्न अन्तरिम आदेश दिएन ।

सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले एमाले नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सांसद पद पुनर्बहालीको लागि दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

अदालतले स्पष्टीकरणको मौका समेत दिई सांसद पदबाट हटाएको देखिएको भन्दै अन्तरिम आदेश नदिएको हो ।

फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि यी चार नेताले सांसद पद नरहे पनि आफूहरु एमालेमै रहने बताएका थिए ।