२७ फागुन ०७४, काठमाडौं । सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको शपथ लिएका छन् ।
आइतबार सभामुख महराले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।
महरा दौरा सुरुवाल लगाएर शपथग्रहण गर्न शीतल निवास पुगेका थिए । माओवादी शान्ति प्रक्रियामा आएदेखि लगातार मन्त्री र सांसद भएका महराले यसअघि कहिल्यै पनि शपथग्रहणमा समेत दौरा सुरुवाल लगाएका थिएनन् ।
सभामुख जस्तो संवैधानिक पदमा पुगेपछि मर्यादित पोशाक लगाउनुपर्छ भन्ने अन्य नेताहरुको पनि दबाव आएपछि महराले दौरा सुरुवाल, कोट, स्वीटर र भादगाउँले कालोटोपी लगाएका हुन् ।