२९ कार्तिक ०८१, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सत्ता हस्तान्तरण गर्नुअघि बुधबार साँझ ह्वाइटहाउसमा भेटवार्ता गरेका छन् ।
बीबीसीले जनाएअनुसार भेटमा बाइडनले हात मिलाएर ट्रम्पलाई बधाइ दिएका थिए । दुवैजना शान्तिपूर्ण सत्ता हस्तान्तरणमा सहमत भएका छन् ।
बाइडनले कुराकानीको क्रममा ट्रम्पलाई कुनै समस्या नहुने गरी सत्ता हस्तान्तरण गर्ने बताएका थिए ।
ट्रम्पले राजनीति कठिन तर धेरै कुरामा राम्रो पनि भएको बताउँदै पछि पनि राम्रो हुने बताएका थिए । साथै टम्पले आतिथ्यताको निम्तो दिएको भन्दै बाइडेनको सह्राना गरेका थिए ।
सो भेटमा उपराष्ट्रपति र डोनाल्ड ट्रम्पकी प्रतिस्पर्धी कमला ह्यारिस भने उपस्थित थिएनन् ।
ट्रम्पले २० जनवरी २०२५ मा राष्ट्रपति पदको शपथ ग्रहण गर्दैछन् । उक्त शपथ ग्रहण समारोहमा बाइडन सहभागी हुने बिबिसीले जनाएको छ ।