सत्ता गठबन्धन भत्किहाल्ने स्थिति छैन, केही चुनौती भए सामना गरेर अगाडि बढ्नुपर्छ – लेखक

४ पुस ०७८, काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेश लेखकले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का कारण गठबन्धन नटुट्ने बताएका छन् ।

‘एमसीसीका कारण सत्ता गठबन्धन टुट्दैन’ लेखकले अनलाइनखबरसंग भने ।

एमालेले वर्तमान सत्ता गठबन्धन भत्काउने शर्तमा एमसीसी पास गर्न तयार भएको सन्देश दिइरहेका बेला कांग्रेसका सांसद लेखकले यस्तो बताएका हुन् ।

‘सत्ता गठबन्धन भत्किहाल्ने स्थिति छैन, भत्किनु पनि हुँदैन,’ लेखकले भने, ‘केही चुनौतीहरु भए पनि त्यसलाई सामना गरेर छलफल सरसल्लाहबाट व्यवस्थापन गरेर अगाडि बढ्नुपर्छ ।’