२२ बैशाख, काठमाडौं । एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार एक विज्ञप्ति जारी गरी एमाले लगायत सत्तारुढ दललाई आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गरी साझा कार्यभार पूरा गर्ने प्रक्रियामा अघि बढ्न अपील गरेका छन् ।
‘राष्ट्रिय स्वाधिनता एवम् स्वाभिमानको रक्षा, शान्ति प्रक्रियाको बाँकी कार्यभार, राजनीतिक समस्यालाई वार्ताद्वारा समाधानसहित संविधान क्रियान्वयन र पुनर्निर्माणको कार्यलाई केन्द्रविन्दुमा राखेर हाम्रो पार्टीले राष्ट्रिय सहमतिमा जोड दिँदै नेकपा (एमाले)को नेतृत्वको वर्तमान सरकार गठन गर्न पहल गरी सहभागी भएको हो ।’ प्रचण्डद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘तर, वर्तमान नेतृत्व अन्तर्गत सरकारले त्यस दिशामा परिणाममुखी कार्य अगाडि बढाउन सकेको देखिएन ।’
उपरोक्त कार्यभार पूरा गर्नका लागि एमाओवादी नेतृत्वमा सरकार गठन गर्न नेपाली कांग्रेस तयार रहेको भन्दै सो विज्ञप्तिमा नेकपा एमाले, राप्रपा नेपाल, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) लगायत पार्टीलाई सहभागी हुन अपील गरेको छ ।
विज्ञप्तिको पूर्णपाठ (विज्ञप्तिसहित)