विस्केट जात्रा आजदेखि सुरु

२७ चैत्र ०७४, भक्तपुर ।  भक्तपुरमा आजदेखि विस्केट जात्रा सुरु हुँंदैछ ।

नौ दिन आठ रात चल्ने लामो जात्रा भक्तपुरको प्रसिद्ध पाँंचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरबनाथको रथ आज दिउँंसो तान्ने क्रमको सुरुवातसँंगै जात्रा सुरु हुन्छ ।

प्रत्येक वर्ष नयाँं वर्ष आगमनको चार दिन अगाडिदेखि सोही स्थानमा प्यागोडा शैलिमा बनाइएको तीनतल्ले भैरबनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ ।

भक्तपुर नगरको वीच भागमा रहेको पाँंचतल्ले मन्दिर गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जात्राका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताए ।

भैरबनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते पाँंचतल्ले मन्दिर अगाडि नै रहेको  भैरबनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ ।

यस दिनलाई स्थानीय नेपाल भाषामा द्यो थाहा विज्याइगू अर्थात देवता (रथ) माथि सवारी हुने भनिन्छ। यसकारण यस दिन माथिल्लो साइटमा ६ वटा र अर्काे साइटमा चार वटा मात्रै डोरी राखिन्छ ।

भक्तपुरको विस्केट जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु रहेको छ ।

तपाइको मत