विमान अवतरणका क्रममा दुर्घटना २२ नेपालसहित ४९ जनाको मृत्यु

२८ फागुन ०७४, काठमाडौं । यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ ।

बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको हो । विमान अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ । दुघर्टनामा २२ जना घाइते भएका छन् । उनीहरु मध्ये केहीको केहीको अवस्था गम्भीर छ ।

७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा २८ महिला र २ जना बाललालिकासहित ६७ यात्रुहरु थिए । उनीहरु मध्ये ३३ नेपाली थिए ।

तपाइको मत