९ माघ, काठमाडौं । नेपाल प्रहरीले विद्युत प्राधिकरणका सुपरभाइजरसहित १२ कर्मचारी विद्युत चोरीमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालाजु क्षेत्रका सुपरभाइजर सुमन श्रेष्ठ पनि छन् ।
महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वोन्द्र खनालका अनुसार ४ जना व्यवसायी पनि पक्राउ परेका छन् । उनीहरुले रकम लिएर मिटर बिगारेर विलिङ कम गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार मिटर बिगारेर कम बिलिङ गरे वापत कर्मचारीहरुले उद्योगहरुबाट रकम लिने गरेका थिए । उनीहरुले ५० हजार विल उठेको भए मिटर विगारेर ५०० देखि १ हजार मात्र विलिङ गराउँथे ।