१९ साउन ०७८, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी दलका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
मंगलबार दिउँसो नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
प्रदेशसभाका ३४ जना सांसदको हस्ताक्षरसहित दर्ता गरिएको अविश्वास प्रस्तावमा मुख्यमन्त्रीविरुद्ध आफूहरुको अविश्वास अहिलेसम्म कायम रहेको भन्दै उनीहरुले नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।