रेडक्रस सोसइटीमाथि छानबिन गरिनेः खोटाङमा सर्वेक्षण सुरु

२ माघ काठमाडौं । समाजकल्याण परिषद्ले करोडौं रुपैयाँ दुरुपयोग गरेको विषयमा नेपाल रेडक्रस सोसइटीमाथि छानबिन गर्ने बताएको छ ।

भूकम्पपछि पुनर्निर्माण र पुन: स्थापनाका लागि जम्मा भएको करोडौं रुपैयाँ रेडक्रसले दुरुपयोग गरेको समाचार सार्वजनिक भएपछि परिषद्ले छानबिन गर्ने बताएको हो ।

भुकम्पपीडित जाडोले काँपिरहेका बेला रेडक्रसले भूकम्पपछि राहत, उद्धार तथा पुन: स्थापनामा अाफूहरू सक्रिय रुपमा लागिरहेको बताउँदै आएको छ ।

विभिन्न दाताले पुनर्स्थापनाका लागि दिएको २४ करोड ५० लाख रुपैयाँ रेडक्रसका पदाधिकारीहरुले अनियमिता गरेको समाचार सार्वजनिक भएको नागरिकमा खबर छ ।

खोटाङमा सर्वेक्षण सुरु

भूकम्प गएको २० महिनापछि खोटाङमा पुनःनिर्माणका लागि सर्वेक्षण सुरु गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका इन्जिनियर आइपुगेपछि जिल्लामा शनिबारबाट पुनःनिर्माणका लागि सर्वेक्षणका सुरु गरिएको हो ।

गत पुस १५ गतेदेखि सुरु गर्ने भनिएको पुनःनिर्माणका प्रारम्भिक चरणका काम केही हप्ता ढिला भएकाे बताउँदै जिल्ला दैवी प्रकोप उद्धार समितिले जिल्लाका माक्पा, हौंचुर, खिदिमा, पाथेका, खार्ताम्छा, च्यास्मिटार, बाहुनीडाँडा, हलेसी, दुर्छिम, विजयखर्क, अर्खौले, सल्ले, बतासे, खार्पालगायतका गाविसमा एकैसाथ भूकम्पपीडितको नामावली सङ्कलन, प्रमाणीकरण, अनुदान सम्झौतालगायतका काम सुरु गरिएको  जनाएको छ ।

तपाइको मत