२१ पुस ०७८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र वहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिमस्टेक)का महासचिव तेनजिन लेक्फेलबीच भेटवार्ता भएको छ ।
बुधबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र लेकफेल बीच भेटवार्ता भएको हो ।
राष्ट्रपतिको कार्यालयले उक्त भेटमा बिमस्टेक प्रक्रियालाई थप प्रभावकारी बनाई अघि बढ्न सदस्य राष्ट्रहरुबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको जनाएको छ ।