राष्ट्रपतिद्वारा तीजको शुभकामना व्यक्त

२४ भदौ ०७८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी हिन्दु नारीहरुको पर्व हरितालिका तीजको अवसरमा नेपाली महिला दिदीबहिनीहरूलाई शुभकामना सन्देश दिएका छन् ।

राष्ट्रपति भण्डारीले तीजले शुभकामना सन्देश दिँदै समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गरेकी छन् ।

तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने भड्किलो र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेको उनको जोड छ ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीजको अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

उनले विश्वव्यापी महामारी कोरोना भाइरसको असर कायमै रहेकाले सरकारबाट जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी तीज मनाउन आग्रह गरेका छन् ।