५ फागुन ०७४, राजविराज । राजविराज १ मा ग्लोबल बहुमुखी शहकारी संस्था लिमिटेड राजविराजले मुस्लिम महिला समुह गठन गरेको छ ।
शनिबार गलोबल बहुमुखी सहकारी संस्था लिमिटेडद्वारा संचालित मुठिया बचत कार्यक्रम अन्तर्गत मुस्लिम महिला समुह गठन भएको हो ।
राजविराज १ का सलिम राइनको अध्यक्षता तथा ग्लोबल बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष भोला रमण उप्रेतिको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सुखराम यादव, बविता कार्की लगायतले संस्थाले संचालन गरेको विभिन्न कार्यक्रमबारे आ–आफनो धारणा राखेका थिए ।