११ असोज ०७८, काठमाडौं । राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ संविधानको धारा ११४ को उपधारा (२) को खण्ड ‘ख’ बमोजिम खारेज भएको छ ।
सरकारको सिफारिसमा सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मन्त्रिपरिषदको मिति २०७८/६/११ को निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफरिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड ‘ख’ बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नुभएको छ ।”
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेज गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।