यात्रु सवार गाडी दुर्घटना हुँदा २० जनाको मृत्यु

माइक्रो दुर्घटना हुँदा ११ जनाको मृत्यु

१३ कार्तिक ०७४, गुल्मी । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको माइक्रो बस गुल्मीको वीरवासमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

बुटवल-गुल्मी तम्घास सडकखण्ड अन्तर्गत गुल्मीदरबार गाउँपालिका-४ विरवासस्थित बन्द्रखुट्टामा सोमवार यात्रुबाहक माइक्रोबस दुर्घटना भएको हो ।

विपरीत दिशाबाट आउँदै गरेको नेपाल टेलिकमले प्रयोग गर्ने लु १ च ४५२२ नम्वरको बलेरो जिपमा माइक्रोबस ठोकिएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त माइक्रोबस सडकबाट करिब ५ सय मिटर तल भीरमा खसेको थियो ।

दुर्घटनामा परि मृत्यु हुनेमा अर्घाखाँची छत्रदेव गाउँपालिका-७ भगवतीका अन्दाजी ३५ वर्षीय रामप्रसाद पाण्डे, रेसुंगा नगरपालिका-१० सिमीचौरका गाडीचालक अन्दाजी ३२ वर्षीय भीम बहादुर घर्तिमगर, मालिका गाउँपालिका-६ निवासी ३० वर्षीय लाल बहादुर मुखिया रहेका छन् ।

यस्तै ईस्मा गाउँपालिका-१ हस्तीचौरका २७ वर्षीय यमुना पन्थी(मरासिनी), मुसीकोट नगरपालिका-३ बडागाउँका ५० वर्षीय मानकुमारी थापा, इस्मा गाउँपालिका-६ का २६ वर्षीय दिल बहादुर कुमाल र सोही गाउँपालिका वडा नम्वर २ पालुखा निवासी अन्दाजी ५० वर्षीय रुवी नेपाली, गुल्मी वेलफेयरमा कार्यरत केवी गुरुङको ज्यान गएको गुल्मी सशस्त्र प्रहरीले जनाएको छ ।

मृतकमध्ये एक जनाको सनाखत हुन नसकेको शसस्त्र प्रहरी वल गुल्मीका प्रहरी नायव उपरीक्षक प्रकाश सिग्देलले जानकारी दिए । माइक्रोमा १७ जना यात्रु सवार थिए । घाइतेको लुम्बिनी मेडिकल कलेज बुटवल र मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।

सुमाे दुर्घटना हुँदा ९ जनाको मृत्यु

साेमबार नै उदयपुरबाट अाेखलढुंगा जाँदै गरेकाे सुमाे जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएकाे छ ।

कटारीबाट ओखलढुंगातर्फ यात्रु लिएर जाँदै गरेको ना.१.ज. ३४०४ नम्बरको टाटासुमो जीप सिद्धीचरण लोकमार्ग अन्तर्गत कटारी-वेतेनी-घुर्मी सडकखण्डको कटारी नगरपालिका ११ लेखानी ठाडीँमा दिउँसो करीब १:३० बजेको समयमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अञ्जना राई, सन्देश किराती, ईश्वर भट्टराई, मिथिलेश कुमार साह, दीपक मित्रकोटी, राजेन्द्र बर्मा र चालक हरि कार्की रहेका छन् ।

प्रहरीकाअनुसार गाडीमा ११ जना सवार रहेकामा ३ वर्षको बच्चा सकुशल अवस्थामा भेटिएका छन् भने एक महिलालाई उपचारका लागि बिराटनगर लगिएको छ । मृत्यु भएका दुई यात्रुको भने सनाखत हुन सकेको छैन ।

तपाइको मत