२७ कार्तिक ०७८, कास्की । अर्थमन्त्री जनार्दन शर्माले भ्रष्टाचार र अनियमितता भए आफ्नै विरुद्ध पनि पत्रकारहरुलाई कलम चलाउन भनेका छन् ।
पोखरामा शनिबार आयोजित प्रेस सेन्टर गण्डकी प्रदेशको दोस्रो अधिवेशनमा मन्त्री शर्माले यस्तो बताएका हुन् ।
भ्रष्टाचार र अनियमितताका विषयमा पार्टी वा नेताको मुख हेर्नु नपर्ने बताउँदै उनले भने, ‘गलत क्रियाकलापका विरुद्ध आफ्नो अर्को हेर्ने होइन, त्यसको विरोधमा कलम चलाउनुस् । मैले कुनै गल्ती गरेँ भने मेरो पनि भण्डाफोर गर्नुस् ।’
मन्त्री शर्माले देशमा आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि सरकारले काम गरिरहेको भन्दै उत्पादन र रोजगारी सृजनाको पक्षमा समेत पत्रकारले कलम चलाउनु पर्नेमा जोड दिए ।