२४ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनबाट आफू पुनः नेतृत्वमा आउन एकपटक जिताउन भनेका छन् ।
शुक्रबार पार्टीको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
‘आउने सरकार कांग्रेसको हुन्छ, गाउँदेखि माथिसम्म, त्यो मेरो जिम्मा भयो,’ उनले भने, ‘त्यसका लागि मलाई एकपटक जिताइदिनुस् ।’
उनले आफ्नो सम्बोधनमा भनेका छन्, ‘जुन दिन मेरो सरकार बन्यो, त्योभन्दा अगाडिको दिन हेर्नुस्, कस्तो डर त्रास थियो ? म प्रधानमन्त्री भएको भोलिपल्टै मुक्ति पाए जस्तो भयो । सबै मान्छेहरुले ओलीको शासनबाट मुक्ति पाए ।’
उनले अब त्यसलाई बचाउने कि नबचाउने यो महाधिवेशनले तय गर्नुपर्ने बताए ।