काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले अाफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बाेलाएकाे प्रधानमन्त्री शेरबहादुुुर देउवालाई जानकारी गराएको छ ।
प्रधानमन्त्रीले ताजा जनादेशको सम्मान नगरेको भन्दै अध्यक्ष प्रचण्डले शुक्रबार प्रधानमन्त्री देउवालाई बुझाएको पत्रमा सरकारमा रहिरहन अाैचित्पूर्ण नदेखिएकाले सबै मन्त्रीहरूलाई फिर्ता बाेेलाइएको उल्लेख गरिएको छ ।
यसैगरी पत्रमा सरकारले राजस्व दुरुपयोग गरेको, काम चलाउ सरकारले गर्न नमिल्ने नियुक्तिलगायतका अतिरिक्त निर्णय गरेको उल्लेख छ । साथै, माओवादीले सरकारबाट नयाँ जनादेश अनुसार सत्ता हस्तान्तरणमा सहजीकरणको लोकतान्त्रिक भूमिका निर्वाह हुनेे अपेक्षा गरेको छ ।