मधेशमा राजपा नेपालकाे बन्द : यातायात र कलकारखाना समेत ठप्प

राजपाका कार्यकर्ताहरूद्वारा सिराहाकाे मिर्चैया-कटारी चाेकमा बालिएकाे टायरकाे मुस्लाे । तस्बिर : एसबी थापा

३० जेठ ०७४, सिराहा । राष्ट्रिय जनता पार्टी नेपालले पूर्वघाेषित कार्यक्रम अनुसार अाज मधेश, थारूहट र लिम्बुवान बन्द गरेका छन् ।

मधेश, थारूहट र लिम्बुवानमा राजपा नेपालले अाह्वान गरेकाे बन्दले भाडाका सवारी साधन र कलकारखाना पूणर्त ठप्प छ । तर, सडकमा फाट्टफुट्ट माेटरसाइकलहरू भने चलिरहेका छन् ।

राजपा नेपालले असार १४ गते निर्धारित दाेस्राे चरणकाे चुनावलाई लक्षित गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेसँगै अाज अाम हडतालकाे पहिलाे दिन सडकमा टायर बालेर प्रदर्शन समेत गरेका छन् ।

राजपाकाे पूर्वघाेषित कार्यक्रम अनुसार यी क्षेत्रमा चुनाव प्रभावित हुनसक्ने स्थानीयहरूले बताउन थालेका छन् ।

मधेशी जनता दोस्रो चरणको चुनावको प्रतिक्षामा

तर, मधेशका नेता तथा नेपाली काङ्ग्रेस, सांसद रामकृष्ण यादवले मधेशी जनता दोस्रो चरणको चुनावको प्रतिक्षामा रहेकाे बताएका छन् ।

सांसद यादवले पार्टीहरुले लगभग–लगभग आ–आफ्नो दलको उम्मेदवार पनि चयन गरिसकेकाे भन्दै चुनाव प्रचार प्रसार, घरदैलो कार्यक्रमहरु पनि शुरु भइसकेकाे बताए ।

उनले जनता उत्साहका साथ चुनावको तयारीमा लागेकाे तर राजपा नेपालले आन्दोलन घोषणा गरेको कारण केही चुनौति थपिएको बताए ।

मधेसवादी दलको आन्दोलनले कुनै असर नपर्ने

यसैगरी नेकपा माअाेवादी केन्द्रका कार्यालय सदस्य तथा २ नम्बर प्रदेश इन्चार्ज मातृका यादवले एउटा मधेसवादी दलको आन्दोलनले चुनावमा कुनै असर नगर्ने बताए ।

‘एउटा मधेसवादी दलको आन्दोलनले चुनावमा कुनै असर गर्ने छैन’ इन्चार्ज यादवले भने, ‘उनीहरुको आन्दोलनले गर्दा चुनावमा कुनै असर नगरेपनि केही न केही प्रभाव पार्ने देखिएको छ ।’

उनले भने, ‘माओवादीले त्यत्रो जनयुद्ध गर्दा पनि चुनाव भएको थियो । त्यहीबेला त हामी पनि चुनाव रोक्ने प्रयास गरेका थियौैँ तर सरकारले चुनाव सफल बनायो नै ।’

नेता यादवले विभिन्न दलहरुले विभिन्न समयमा चुनाव बिथोल्ने प्रयास गरे पनि चुनाव भएकाे बताए । साथै, उनले चुनाव हुँदैन कि भन्ने शंका नगर्न सुझाउँदै सरकारले चाहेमा चुनाव हुने बताए ।

अाफूहरूको माग किन पूरा भइरहेको छैन राजपा नेपालले बुझ्नुपर्ने भन्दै नेता यादवले सरकारलाई दोष दिनुभन्दा पनि काङ्ग्रेस र एमालेको कारण मधेसी दलको माग पूरा  नभएकाे स्पष्ट पारे ।

उनले राजपा नेपालका नेताहरूलाई चुनावमा भाग लिएर काङ्ग्रेस र एमालेको भण्डाफोर गर्न सुुुझाएका छन् ।

तपाइको मत