२३ फागुन ०७६, काठमाडौं । अखिल नेपाल निर्माण मजदुर संघ बागमती प्रदेशको प्रथम भेलाले मदन बराइलीको अध्यक्षतामा बागमती प्रदेश कमिटी गठन गरेको छ ।
शुक्रबार प्रदेश नं. ३ का सांसद समेत रहेका अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष जगत सिम्खडाको प्रमुख आतिथ्यतामा महासंघ कार्यालय पेरिसडाँडामा भएको भेलाले बराइलीको नेतृत्वमा २७ सदस्यीय बागमती प्रदेश कमिटी गठन गरेको हो ।
बराइलीको अध्यक्षतामा गठित कमिटीको उपाध्यक्ष दिपक भट्टराई, प्यारी कुमारी राई, सचिव ज्ञान कुमार श्रेष्ठ, सहसचिव स्मृति राउत, कोषाध्यक्ष दिपक काफ्ले रहेका छन् ।
यस्तै सदस्यहरु दिनेश लिम्बु, सुरज तामाङ, रामकृष्ण डंगोल, चन्द्र मोक्तान, महेन्द्र घर्ती, रोसन लामा, लक्ष्मी ख्युजु, केदारनाथ भट्टराई, विकास फुँयाल,जित बहादुर तामाङ, काजु खड्का, रमा पुलामी, साबित्रा कट्टेल,देब लामा, कविता थिङ, कृष्णलाल तामाङ, रामप्रसाद सुनार, भक्त बहादुर मानन्धर रहेका छन् ।
भेलाले सो कमिटीको इन्चार्ज कमल न्यौपाने र सह–इन्चार्ज हरि मगरलाई चयन गरेको छ ।
अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष जगत सिम्खडाको प्रमुख आतिथ्यतामा भएको उक्त भेलामा महासंघका उपाध्यक्ष जय कार्कीको विशेष आतिथ्यता रहेको थियो । यस्तै उपाध्यक्ष धन बहादुर विक, सोमबहादुर थापा, उपमहासचिव शालिकराम काफ्ले, राजकुमार लामा, प्रकाश श्रेष्ठ, सचिव सोम तामाङ, निर्माण मजदुरका केन्द्रीय अध्यक्ष अमित लामा लगायत पदाधिकारीहरूको आतिथ्यता रहेको थियो ।
कमल न्यौपानेको सभापतित्वमा भएको प्रथम बागमती भेलाको सञ्चालन राजेन्द्र रुम्बाले गरेका थिए ।
निर्माण मजदुरको बागमती प्रदेशस्तरीय महिला कमिटी गठन
यस्तै यही भेलाले अखिल नेपाल निर्माण मजदुर संघ बागमती प्रदेश महिला कमिटी गठन पनि गरेको छ ।
उक्त महिला कमिटीको अध्यक्ष स्मृति श्रेष्ठ, उपाध्यक्ष याङ्की डोल्मा, गौरी राई, सचिव रमा पुलामी, कोषाध्यक्ष प्रमिला बस्नेत साथै सदस्यहरु पासाङ दोङ, उर्मिला रिमाल, लक्ष्मी ख्युजु, काजु खड्का, अप्सरा गौतम, कविता थिङ, शशीकला सुब्बा, शारादा गौतम, सम्झना भट्टराई, कमला महत र साबित्रा कट्टेल रहेका छन् ।