भूमिहीन मजदुरलाई जग्गा उपलब्ध गराउन अन्टुफ लुम्बिनीको माग

   ३० भदौ ०७८, दाङ । अखिल नेपाल ट्रेड युनियन महासंघ लुम्बिनी प्रदेश समितिको बैठक दाङको लमही देउखुरीमा सम्पन्न भएको छ ।

बुधबार प्रदेश अध्यक्ष दान बहादुर ओली ‘निर्माण’को अध्यक्षतामा र नेकपा (माओबादी केन्द्र) केन्द्रीय सदस्य हेम राज शर्मा ‘डाईमन’को प्रमुख आतिथ्य, अखिल नेपाल ट्रेड युनियन महासंघ लुम्बिनी प्रदेश फ्याक्सन’ ईन्चार्ज डम्बर बिक ‘तुफान’ अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय कोषाध्यक्ष एबम् लुम्बिनी प्रदेश ईन्चार्ज कमरेड घनश्याम ठकुरीको आतिथ्यमा उक्त बैठक बसेको हाे ।

संगठन सुदृढीकरण र बिस्तार सम्बन्धि ६ महिने कार्ययोजना ठाेस गर्दै साे बैठकले श्रम २०७४ को दफा १४५ खारेजी, सामाजिक सुरक्षा ऐन स्वेच्छिक हैन अनिवार्य, सामाजिक सुरक्षा ऐन कार्यान्वन नगर्ने रोजगारदातालाई कार्बाही गर्न सरकारलाई दबाफ दिने, १०९ स्थानीय तहमा मजदुर पन्जीकरण गर्न पहाल गर्ने, सबै स्थानीय तहमा त्रिपक्षीय श्रम सम्बन्ध समिति गठन गर्न पहल गर्ने, भूमिहीन मजदुर/किसानलाई आवासको लागि जग्गा उपलब्ध गराउन/आवास निर्माण र जग्गा धनी पुर्जा उपलब्ध गराउन सरकारसँग पहल गर्ने निर्णय गरेको छ ।

यस्तै आइएलओ अभिसन्धि १९० अनुमोदनका लागि सरकारलाई दवाव दिन प्रदेशमा अध्यक्ष दान बहादुर ओलीको नेतृत्वमा ५ सदस्यीय एक्सन कमिटी गठन गरेको छ ।

प्रमुख अतिथि हेमराज शर्मा, अतिथि डम्बरबहादुर बिक, घनश्याम ठकुरीले योजनागत प्रशिक्षण दिएको थिए ।