नयाँ नक्सा संशोधन प्रस्ताव द्रुतगतिमा सर्वसम्मत पारित गरौँ – सांसद गगन थापा

“घरभित्र अनेकन विषयमा हाम्रा बिचमा मतभिन्नता छन् र रहन्छन् तर, देशको सीमा र राष्ट्रिय स्वाभिमानको विषयमा मनीषा कोइरालादेखि भारतीय सेनामा कार्यरत नेपालीसम्म, सडकदेखि सदनसम्म, मधेसदेखि हिमालसम्म, देशभित्र रहेका बाहिर रहेका सबै नेपाली र सिंगो नेपाल एक ठाउँमा उभिएर एकै स्वरमा भनिरहेका छौं लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो भूमि हो ।” – गगन थापा

कुटनीतिक मर्यादाको ख्याल गर !

१० जेठ ०७७, काठमाडौं । नेपाली काँग्रेसका नेता तथा संघीय सांसद गगन कुमार श्रेष्ठले भारतलाई कुटनीतिक मर्यादाको ख्याल गर्न सुझाएका छन् ।

सार्वभौमिकताका सवालमा सत्तापक्ष–प्रतिपक्ष नरहेको र सिंगो नेपाल एक ठाउँमा उभिएको भन्दै सांसद थापाले सामाजिक सञ्जालमार्फत् भारतीय राजनीतिक वृत र सञ्चारकर्मीलाई कुटनीतिक मर्यादाको ख्याल गर्न साथै मित्रताको अर्थ बुझ्न आग्रह गरेका हुन् ।

“भारतीय राजनीतिक वृत र सञ्चार माध्यममा रहेका सबैले सुन्ने गरी भनौँ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “घरभित्र अनेकन विषयमा हाम्रा बिचमा मतभिन्नता छन् र रहन्छन् तर, देशको सीमा र राष्ट्रिय स्वाभिमानको विषयमा मनीषा कोइरालादेखि भारतीय सेनामा कार्यरत नेपालीसम्म, सडकदेखि सदनसम्म, मधेसदेखि हिमालसम्म, देशभित्र रहेका बाहिर रहेका सबै नेपाली र सिंगो नेपाल एक ठाउँमा उभिएर एकै स्वरमा भनिरहेका छौं लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो भूमि हो ।”

यस्तै “हस्तक्षेप बन्द गर, हाम्रो भूमिबाट फिर्ता जाऊ, हाम्रो सार्वभौमिकताको सम्मान गर, कुटनीतिक मर्यादाको ख्याल गर, अनि मात्र हाम्रो मित्रताको अर्थ रहन्छ” उनले भनेका छन् ।

यसैगरी उनले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा सार्वजनिक गरेकोमा सरकारलाई धन्यवाद दिँदै लेखेका छन्, “हाम्रो भूमिलाई व्यवहारमा प्राप्त गर्ने अभियानमा हाम्रो पूर्ण साथ छ र रहिरहनेछ ।”

यस्तै नेता थापाले नेपाल–भारत सीमाको बारेमा बलिउड अभिनेत्री मनीषा कोइरालाले गरेको ट्विटको सम्बन्धमा मिजोरम भारतका पूर्वगभर्नर स्वराज कौशलको अभिव्यक्तिको खण्डन गरेका छन् ।

उनले कांग्रेसको वर्तमान सरकारसँग धेरै मुद्दाहरूमा मतभेद रहे पनि राष्ट्रियताको विषयमा एकमत र सरकारको अडानलाई पूर्णसमर्थन रहेको बताएका छन् ।

कोही ठूरो र कोही सानो नरहेको भन्दै काँग्रेस नेता थापाले दुई देशबीच आपसी सम्मान र समानतामा आधारमा वार्ताका माध्यमबाट समस्याको हल गर्न र मित्रतालाई कायम राख्नुपर्नेमा जोड दिएका छन् ।

“नयाँ नक्सालाई संविधानको अंग बनाउन संसदमा दर्ता भएको संशोधन प्रस्तावलाई कुनै अलमल नगरी द्रुतगतिमा पारित गरौँ” भनेर सांसद थापाले आग्रह समेत गरेका छन् ।