६ साउन ०७७, काठमाडौं । सरकारले स्वास्थ्य सुरक्षाको पालना गरी लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको छ ।
मंगलबार सरकारका प्रवक्ता डा.युवराज खतिवडाले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भदौ १ गतेदेखि लामो दूरीको यातायात सञ्चालन गर्ने सरकारले निर्णय गरेको बताएका हुन् ।
प्रवक्ता खतिवडाले भदौ १ गतेदेखि विद्यालयले विद्यार्थी भर्ना र क्याम्पसहरुले परीक्षा सञ्चालन गर्न सक्ने बताए ।
उनले सामुहिकरुपमा खेलिने खेलबाहेक अन्य खेलहरुको प्रशिक्षण गर्न सकिने साथै साउन १५ गतेदेखि होटल, रेष्टुरेन्ट सञ्चालन गर्न पाउने र ट्राभल, ट्रेकिङ्ग र पर्वतारोहणका लागि बुकिङ्ग खुल्ला हुने बताए ।