१० माघ ०७४, काठमाडौं । सरकारले वृद्ध भत्ता ६५ वर्षको उमेरमै दिने निर्णय गरेको छ ।
बुधवार बसेको मन्त्रिपरिषद बैठकले यसअघि ७० वर्षपछि दिइदै आएको भत्तालाई ५ वर्ष कम गराएको हो ।
सरकारले बाढीपहिरो पीडितलाई दिने राहतमा एक लाख रुपैयाँ थप गरेको र भूकम्पपीडितले पाउने किस्ता रकमको समयावधि थप्ने निर्णय समेत गरेको सिंचाइमन्त्री सञ्जय गौतमले जानकारी गराए ।
यसअघि भूकम्पपीडितलाई ३ लाख रुपैयाँ दिने निर्णय भइसकेको छ ।