२५ भदौ ०७४, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले ठूलो परिणाममा बिस्फोटक पर्दाथसहित एक जनालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जिल्लाको रेसुङ्गा नगरपालिका – ८ का तारा श्रीसको साथबाट बिस्फोटक पदार्थ बरामद गरिएको बताए ।
प्रहरीले श्रीसको साथबाट ३३ थान एक्सपोलसिभ डेटोनेटर, चार थान सुतती बम, एक किलोग्राम बारुद र सेफि्टफ्युज लगायतका अबैध बिस्फोटक पदार्थ बरामद गरिएको र थपअनुसन्धान सुरु गरिएको बताएको छ ।
प्रहरीले रेसुंगा नगरपालिका-२ को प्रहरी चेकपोष्टमा चेकजाँज गरेको थियो ।