बागमती प्रदेशसभा बैठक फागुन पहिलो साता बस्ने गरी स्थगित

१९ माघ ०७७, हेटौंडा । आज दिउँसो २ बजे बस्ने गरी तय भएको बागमती प्रदेशसभाको बैठक बिनाकारण स्थगित भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका सांसदहरुले नाराबाजी गरेका छन् ।

बागमती प्रदेशसभा सदस्यहरुले बैठक बिनाकारण स्थगित भएको भन्दै हेटौंडास्थित प्रदेशसभा सचिवालय अगाडि जम्मा भएर नाराबाजीसहित अल्पमतको सरकारले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने तयारीमा रहेको आजको बैठक प्रदेश सभा सचिवालयले आइतबार राति सूचना जारी गरेर फागुन ५ गते दिउँसो २ बजे बस्ने गरी स्थगित भएको जानकारी गराएका थिए ।