फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजी पक्राउ

पेरिस । फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजीलाई प्रहरीले पक्राउ गरेको छ ।

६३ वर्षीय सार्कोजीले चुनावी अभियानका क्रममा गरेको लगानीलाई लिएर अनुसन्धानका लागि हिरासतमा लिएको हो । सार्कोजीले चुनावी अभियानका क्रममा लिबियाको बाटो हुँदै अवैध रकम लिएर खर्च गरेको अभियोग त्यहाँको प्रहरीले लगाएको छ ।

फ्रान्सेली पत्रिका मोन्डेले त्यहाँको न्यायालय स्रोतलाई उधृत गर्दै लेखेको समाचार अनुसार प्रहरीले सार्कोजीमाथि अवैध रकम लिएर चुनावी अभियानमा खर्च गरेको अभियोग लगाएको छ ।

उनका वकीलले  पक्राउ परेका सार्कोजीबारे अहिलेसम्म औपचारिकरुपमा कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।

तपाइको मत