१८ असोज, काठमाडौं । अजोज १३ र १४ गते सम्पन्न प्रेस सेन्टरको प्रथम राष्ट्रिय एकता महाधिवेशन विवाद मुक्त त रहन सकेन नै यसले अनेकन यक्ष प्रश्नहरु पनि हामी सामु खडा गरिदिएको छ ।
माओवादी आन्दोलनको अग्रदस्ता र शान्ति प्रकृया पश्चात प्रेसको भूमिकालाई मूलत नेतृत्वले स्वीकार गरेकै हो तर अहिलेसम्म आइपुग्दा प्रेस सेन्टरको एउटा इमान्दार र प्रतिवद्ध सदस्य र माओवादी आन्दोलनको विद्यार्थी हुनुको नाताले महाधिवेशनमा देखिएको उर्जा र त्यसपछि क्रमशः विगठित मनसिकताले माओवादी आन्दोलनसँग सिङ्गो अग्रगामी राजनीतिक एजेन्डामा हानी गर्ने निश्चित छ ।
मूलतः एकतामा आएका साथीहरुको देशव्यापी मनोभाव बुझ्दा हामी निर्माण भन्दा पनि विगठनको दिशातिर हो कि ? भन्ने आभाष भएको छ ।
मेरो मत एकताको महधिवेशन सहमतिको महाधिवेशन र विधिको महाधिवेशन बनाउँ भन्ने थियो र छ । यद्यपि, महाधिवेशन सम्पन्न भएपछि नत यो एकताको जस्तो ! नत विधिको जस्तो देखियो ।
अझै पनि समय छँदै क्रान्तिकारी पत्रकारहरुको यो गरिमामय संगठनलाई विधिसम्मत र एकतावद्ध गर्न प्रयत्न गरौं, नयाँ नेतृत्व त्यो दिशामा लाग्ने विश्वास गर्दै यदि आगामी दिनमा पनि वर्तमानकै रवैया र गतिविधिलाई निरन्तरता दिने हो भने प्रेस सेन्टरको कुरा छोडौं सिङो माओवादी आन्दोलन माथि प्रश्न चिन्ह खडा हुनेछ ।
इमान्दार र जुझारु कार्यकर्ताहरुलाई सौताको व्यवहार गर्ने , गलत र विभेदपूर्ण विधिको डण्डा लगाउने र फरक मतलाई तिरस्कृत गर्दै धम्कीपूर्ण वहिर्गमनको अभिव्यक्तिले कसैलाई फाइदा त गर्दैन नै सिङ्गो आन्दोलन क्षीण हुने सम्भावना रहन्छ ।
तसर्थ, बेलैमा कहाँनेर कमजोरी भयो त्यसलाई सच्याउन नेतृत्व समक्ष विनम्र आग्रह गर्न चाहन्छु ।