अन्टुफद्वारा प्रधानमन्त्री प्रचण्ड लगायत परिवारजनमा समवेदना व्यक्त

२९ असार ०८०, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ ‘अन्टुफ’ले नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार दिवंगत सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहनुभएका उहाँको जीवनसाथी सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

शुक्रबार अन्टुफ फ्याक्सन इन्चार्ज जयपुरी घर्ती, अध्यक्ष जगतबहादुर सिम्खडा, उपाध्यक्ष एसबी थापामगरलगायत पदाधिकारी प्रधानमन्त्री निवास बालुवाटार पुगेर दिवंगत दाहालको तस्बिरमा पुष्पगुच्छासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक पुस्तिकामा हस्ताक्षर गरेर शोकमा रहनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत परिवारजनमा समवेदना व्यक्त गरेको हो ।

महासंघका पदाधिकारीद्वारा हस्ताक्षरित शोक पुस्तिकामा भनिएको छ, “सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी आदरणीय सीता दाहालको ६९ वर्षको उमेरमा भएको दुखद निधनको खबरले अखिल नेपाल ट्रेड युनियन महासंघ स्तब्ध भएको छ । यस दुखद घडीमा मृतआत्माप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्माननीय प्रधानमन्त्री एवम् पार्टी अध्यक्षज्यू शोक सन्तप्त परिवारजन र शुभचिन्तकप्रति अखिल नेपाल ट्रेड युनियन महासंघ परिवार हार्दिक समवेदना प्रकट गर्दछौं ।”

दिवंगत दाहालका जीवनसाथी प्रचण्डलाई समवेदना दिन प्रधानमन्त्री निवास बालुवाटारमा अन्टुफ फ्याक्सन इन्चार्ज जयपुरी घर्ती, अध्यक्ष जगत सिम्खडा, बरिष्ठ उपाध्यक्ष धनबहादुर विक, उपाध्यक्ष एसबी थापामगर, प्रकाश श्रेष्ठ, विष्णुकुमारी थापा, राजकुमार तामाङ, सोम तामाङ, सुशीला पुन, महासचिव शालिकराम काफ्ले, उपमहासचिव माधव पाण्डे, शीव पोखरेल, रामचन्द्र कार्की, युवराज लुइँटेल, सचिव लक्ष्मी ढकाल, निरज गोले, संगिता बानियाँ, अजिता सिम्खडा, कोषाध्यक्ष धनु दाहाल, अन्टुफ केन्द्रीय सदस्य सुन्दर केसी, राजेन्द्र न्यौपाने, अन्टुफ बागमतीका अध्यक्ष मिलन लामा साथै हर्क माझीलगायत पुगेका थिए ।