२९ बैशाख ०७८, काठमाडौं । नेकपा एमालेका नेता भिम रावलले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई अलोकतान्त्रिक कार्य गर्नबाट रोक्न साथै पदमुक्त गर्न राजीनामा गर्नुपर्ने बताएका छन् ।
नेता रावलले बुधबार ट्वीट गर्दै असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिने भन्दै यस्तो बताएका हुन् ।
“राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ,” उनले ट्वीटमा लेखेका छन्, “त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ । यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ ।”